सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७७ करोड ६२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ५०.९१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँमा सिमित थियो ।
समिक्षा अवधीमा १ खर्ब बैंकले २८ अर्ब ४२ करोड बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ९८ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४५ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.१६ प्रतिशतमा पुगेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । जुन ७.९३ प्रतिशतले बढि हो ।
समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २८.४२ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५२ करोड ९८ लाख रूपैयाँमा सिमित थियो ।
त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब १८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ४ अर्ब १ करोड ७२ लाखमा सीमित थियो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६ पैसा पुगेको छ बैंकको पीई रेसियो २०.६३ गुणा रहेको छ ।
बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १७ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंमसंग देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस