Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको मुनाफामा सामान्य बृद्धि, १५ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०६ : १५ मा प्रकाशित

शिखर इन्स्योरेन्सको मुनाफामा सामान्य बृद्धि, १५ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेर ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.८० प्रतिशतले बढेर ३ अर्ब ९७ करोड २३ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ३ अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड २० लाख ४५ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ र महाबिपत्ति कोषमा १३ करोड २३ लाख ८१ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०५ पैसा छ गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा थियो । प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७२.१५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको