Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ बिक्रि खुल्ला गरेको मानुषी लघुवित्तको नाफा २३८५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०७ : २८ मा प्रकाशित

आईपिओ बिक्रि खुल्ला गरेको मानुषी लघुवित्तको नाफा २३८५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफामा बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि सामान्य बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा बृद्धि भएर १ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा  १ करोड ८९ लाख २२ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा २८.७ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७९ पैसा रहेको छ ।

संस्थाले यहि साउन २७ गतेदेखि आईपिओ बिक्रि खुल्ला गरेको छ । संस्थाको आईीपओमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको