Like us!
Follow us!
Connect us!
Watch us!

१०१ प्रतिशतले बढ्यो मानुषी लघुवित्तको नाफा, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २७ साउन २०७९, ०९ : ३३ मा प्रकाशित

१०१ प्रतिशतले बढ्यो मानुषी लघुवित्तको नाफा, ईपिएस कति ?

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ४० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.९१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड १९ लाख ४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २९.२६ प्रतिशतले बढेर ९ करोड ४१ लाख ३१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ५८ लाख ८२ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ९ करोड ७४ लाख ३० हजार रूपैयाँ ऋणात्मक छ । गत वर्ष संस्थाले १ करोड ८९ लाख ३४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ६ करोड ४९ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) घटेर ३.२० प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४३ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

62f5ce25bdd08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको