Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको मानुषी लघुवित्तका सबै सूचक सकारात्मक, इपिएस कति ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, ०७ : २५ मा प्रकाशित

हालै आईपिओ जारी गरेको मानुषी लघुवित्तका सबै सूचक सकारात्मक, इपिएस कति ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो यसै अवधिको तुलनामा संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा १३ लाख ५९ हजार रुपैयाँ ऋणात्मक थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १४.८१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८६ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २३९ रूपैयाँ ४७ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १० करोड ९३ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा संस्थाले ३९ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्ष संस्था २६ करोड ३० लाख ९७ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ:

61945e0c717de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको