Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको मानुषी लघुवित्तको नाफामा उछाल, ईपिएसमा छलाङ

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०८ : ०९ मा प्रकाशित

हालै आईपिओ जारी गरेको मानुषी लघुवित्तको नाफामा उछाल, ईपिएसमा छलाङ

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २८.७६ प्रतिशतले बढेर ४ करोड ९४ लाख ४२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ८३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर २ करोड ४० लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ६७ पैसा रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f5f74c28ddc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको