Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको अधिकांस सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०६ : ५४ मा प्रकाशित

नेको इन्स्योरेन्सको अधिकांस सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा १५.५० प्रतिशतले बढेर ५४ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ८९ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १६.४८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब ७ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ५ लाख ८३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ७ करोड ५ लाख ५१ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०४ पैसा छ गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५३ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३४ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३२.८५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको