Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितीले कुनै कम्पनीलाई झ्यालबाट हकप्रद दिने र कुनैलाई रोक्ने किन ?

लगानीकर्ताको आवाज

मंगलबार, ०१ भदौ २०७८, ११ : २९ मा प्रकाशित

नेपालको सेयरबजारमा लामो समयदेखि लगानी गर्दै आएका लगानीकर्ता रोहन कार्कीले बीमा कम्पनीहरुको नियामक बीमा समितिले कुनै कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिने र कुनैलाई रोक्ने काम किन गरिरहेको छ त्यसको जबाफ आम लगानीकर्ताहरुलाई दिनुपर्ने बताएकाछन् ।

अर्थसंसार डटकमको कार्यक्रम लागानीकर्ताको आवाज संग कुरागर्दै कार्कीले बीमा समितीका अध्यक्षले केहि समय अघि सार्वजनिक रुपमा पुराना बीमा कम्पनीहरुलाई हकप्रद जारी गर्न अनुमति दिने गरी निति निर्माणको तयारी भइरहेको भन्ने अभिव्यक्ति दिएको तर पुनः केहि दिन अघि अनौपचारिक रुपमा यो आर्थिक बर्षमा कुनै पनि कम्पनीलाई हकप्र जारी गर्न नदिने भन्नु आश्चर्यपुर्ण रहेको बताएका छन् ।

"गत आर्थिक बर्षमा नै कुन नियम र कानुनको आधारमा २ वटा बिमा कम्पनीहरुलाई हकप्रदको अनुमति दिइएको हो र कुन नियमका आधारमा अब अन्य कम्पनीहरुको हकप्रद रोक्ने भनिएको हो त्यसको जवाफ बिमा समितीले दिनुपर्दैन" उनले प्रश्न गरे । बीमा समितीको कसैलाई हकप्रद दिने र कसैलाई रोक्ने कार्य गैरन्यायिक भएको उनको जिकिर छ ।

पछिल्लो सयम नेपालको सेयर बजारका नियामक निकाहरु नै बजार घटाउन लागेको महशुस भएको भन्दै उनले यसरी नियामक निकाहरु जथाभावी रुपमा बोल्दा लगानीकर्ताहरुमा नियामक निकायहरुप्रतिको विश्वास घट्ने भन्दै उनले यसले दिर्घकालिन रुपमा सेयरबजारको भलो गर्न नसक्ने उनको तर्क छ ।  

हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक निति मार्फत सेयर कर्जा लगानीमा लगाइएको अंकुस सेयरबजारको लागि हितकर नहुने उनको तर्क छ । यसले बजारलाई दिर्घकालिनरुपमा बजारमा धेरै नकारात्मक प्रभाव पार्न नसकेपनि यस्ता निति नियमहरु परिर्वन गर्नुपुर्व नियामक निकाहरुले हजार पटक सोच्नुपर्ने बताउछन् उनि । राष्ट्र बैंकको यो निति आउनुमा कसैको निहित स्वार्थ हुनसक्ने संका व्यक्त गर्दै उनले अर्थमन्त्रीको आश्वासनले लगानीकर्ताहरु केहि आश्वस्त भएको बताए ।

बेला बेलामा नियामक निकायहरुलाई नै इन्साइडर ट्रेडिङको आरोप लाग्नु भनेको लगानीकर्ताहरुका लागि एकदमै चिन्ताको बिषय भएको भन्दै उनले नियामक निकाहरुले लगानीकर्ताहरुलाई तर्सायर अरुकसैका लागि सेयर खरिद अवसर र्सिजना गर्न खोजेको सहशुस हुने गरेको बताउछन् उनि । 

"केहि समय अघि नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सुचि प्रकाशन गर्दै लगानीका लागि जोखिम भन्यो जसको प्रभावस्वरुप लामो समय बजार ओरालो पनि लाग्यो तर अहिलेसम्म पनि बोर्डले कुन कम्पनीमा कसरी चलखेल भएको थियो कुन कम्पनीमा कसले चलखेल गर्यो भने किन अहिलेसम्म पनि सार्वजनिक गर्न सकेन त ? यदि साच्चिकै बोर्ड बजारको चलखेल नियन्त्रमा केन्द्रित भएको भए किन अहिलेसम्म पनि अजोड इन्स्योरेन्सको  इन्साइडर ट्रेडिङका बारेमा सत्यतथ्य किन सार्वजनिक गर्न सकेन ?" उनले प्रश्न गरे । 

अन्तराष्ट्रिय बजारमा सेयर बजार बढ्दा खुसियाली बनाउने चलन छ हाम्रोमा भने जब जब बजारले राम्रो गति लिन थालेको हुन्छ त्यहि बेला कुनै न कुनै निकायले कुनै रुपमा बजारलाई घाटि निमोठ्ने प्रबृती देखिएको भन्दै यसलाई नसुधारेसम्म नेपालको पुँजीबजारको हित नहुने उनको तर्क छ ।

नियामक निकायहरुले कुनै कम्पनीले गल्ती गरेमा वा बजारमा कसैले चलखेल वा अस्वभाविक रुपमा सेयर कारोबार गरेका त्यस्तो कारोबारमा संलग्न व्यक्ति वा संस्थालाई कारबाही गर्नुपर्ने भन्दै उनले नियामक निकाहरु सार्वजनिक रुपमा बोल्दै हिड्न भने नहुने उनको तर्क छ । नियामक निकायहरु सेयरबजारको अविभावक भएकाले उनिहरुले सेयर बजारको विकासलाई सर्वोपारी ठानेर काम गर्नुपर्ने उनको सुझाव छ ।  

नेपालको पुँजीबजारले मात्र देशको राजस्वमा प्रत्यक्ष रुपमा नै बार्षिक १५ अर्ब भन्दा बढि योगदान गरीरहेको भन्दै उनले सरकार सहित सबै नियामक निकायहरुले बजारको विकासमा लाग्नुपर्ने बताउछन् उनि । नियामक निकाहरु रेफ्रि भएकाले बजारमा खेल्ने प्रयास गर्न नहुने तर्क गर्छन कार्की । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको