Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोले १७ करोडकाे आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक चयन

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १६ : ०६ मा प्रकाशित

मन्दाकिनी हाइड्रोले १७ करोडकाे आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक चयन

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा  जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हाे ।

कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको