Like us!
Follow us!
Connect us!
Watch us!

रक्तदान क्रार्यक्रम गरी आईएमई लाइफले मनायाे चौँथो वार्षिकोत्सव

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १३ : ४६ मा प्रकाशित

रक्तदान क्रार्यक्रम गरी आईएमई लाइफले मनायाे चौँथो वार्षिकोत्सव

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसायिक कारोबार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधिमैत्री सेवाको युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिएका छन् ।

कम्पनीले ग्राहक तथा कम्पनीका अभिकर्ताहरुलाई प्रदान गर्ने सेवालाई मध्यनजर गर्दै डिजिटल प्रविधिमैत्री सेवा विकासका क्रममा जीवन बीमा कम्पनीहरुमध्ये सर्वप्रथम गत मंसिर २२ गतेदेखि च्याट बट प्रविधिको विकास गरी सञ्चालनमा ल्याएको र हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा आजकै मिति देखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सकिने र बीमितहरुले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । 

कम्पनीले GO Digital को अवधारणा अवलम्वन गरी भविष्यमा कागजात रहित प्रविधि मार्फत सेवा उपलब्ध गराउने उद्देश्य लिएको फुयाँलले जानकारी दिएका छन् । हाल कम्पनीले अयललभअत क्ष्एक् लगायत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकको सहकार्यमा अनलाईन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाएको जानकारी दिएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको