Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेण्टले आईपिओ जारी गर्ने

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, ०६ : ०९ मा प्रकाशित

हाथवे इन्भेष्टमेण्टले  आईपिओ जारी गर्ने

हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणहरुका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपिओ) जारी गर्ने बिषेश प्रस्ताव सहित १३ औँ बार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितीको बैंठकले कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बालाईएको हो । 

साथै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत गरेको छ ।  ्

सभा भदौ २५ गते विहिबार दिउसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यलय लैनचौरमा भर्चुअल माध्यामबाट सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले लाभांंका साथै आईपिओ निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीको सूचना यस्तो छः

611da4dfdce0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको