Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १२ : १६ मा प्रकाशित

हिमालयन क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण ३१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा भदौ २५ गते, शुक्रबार हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७७ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

सभामा स्वतन्त्र तथा महिला सञ्चालक पुन: नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले काेभिड १९ राेकथामकाे सहयाेगार्थ गरिएकाे अनुदान खर्च अनुमाेदन पनि गर्नेछ । 

त्यस्तै, भविष्यमा अन्य कुनै मर्चेन्ट बैंकिङ्ग संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्नुपर्ने भएमा साे सँग सम्बन्धित सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611dfee9d9e59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको