Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन क्यापिटलले १००:३१ को स्वापमा सिभिल क्यापिटललाई गाभ्दै, दुवैले डाके विशेष साधारण सभा

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १४ : ०० मा प्रकाशित

हिमालयन क्यापिटलले १००:३१ को स्वापमा सिभिल क्यापिटललाई गाभ्दै, दुवैले डाके विशेष साधारण सभा

हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले विशेष साधारण सभा डाकेका छन् । हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारण सभा डाकेका हुन् । 

दुवै कम्पनीले भदौ २७ गते, बुधबार आ–आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि विशेष साधारण सभा सञ्चालन गर्नेछन् । हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई १००:३१ को स्वाप रेसियाेमा प्राप्ति गर्न लागेकाे हाे ।

सभामा डिडिए रिपोर्ट र अन्तिम सम्झौतापत्र पारित गर्ने, स्वाप रेसियो पारित गर्ने, सिभिल क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने/ प्राप्ति गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफा / नियमहरुमा हुने संशोधन पारित गर्ने, संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पेश हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको