Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ८०–२० को इकाईमा ओइरियो आवेदन, अब २ दिन मात्र खुला रहने

अर्थ संसार

विहीबार, १४ भदौ २०८०, ०९ : २९ मा प्रकाशित

हिमालयन ८०–२० को इकाईमा ओइरियो आवेदन, अब २ दिन मात्र खुला रहने

हिमालयन ८०–२० को इकाईमा माग अनुसार नै आवेदन पर्ने सिडिएससीको आंकडाले देखाएको छ। सिडिएससीको आंकडाका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको इकाईमा  ४३ हजार ८०३ आवेदकले ७ करोड, ९५ लाख, ६१ हजार ३३० इकाई खरिदका लागि आवेदन दिएका छन्। यस फण्डमा क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो। यसअघि सार्वजनिक निष्काशन भएका म्युचुअल फन्डले माग अनुसार नै आवेदन नपरेको अवस्थामा हिमालयन म्युचुअल फन्डको यस बन्दमुखी आयोजानामा भने माग अनुसार नै आवेदन पर्ने देखिन्छ। 

म्युचुअल फन्डको इतिहास हेर्ने हो भने पनि संस्थागत आवेदन अन्तिम दिन उल्लेखिए मात्रमा आउने गरेका छन् जसले पनि  हिमालयन ८०–२० पुरै बिक्ने देखिन्छ। साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको हिमालयन ८०–२० को इकाईमा आवेदन दिन अब दुई दिन मात्र समय रहेको छ।  फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन भएको हाे ।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेकाे हाे । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा रहेको छ ।

कति गर्ने लगानी ?

याे फण्डमा लगानी गर्दा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

कहिलेसम्म गर्ने लगानी ?

भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । 

कसले गर्छ लगानी व्यवस्थापन?
धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।  हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।
 

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक हिमालयन क्यापिटलले जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको