Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशन गर्दै होटल ईच्छा, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्ति

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १२ : ३६ मा प्रकाशित

आईपिओ निष्काशन गर्दै होटल ईच्छा, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्ति

पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपिओ निष्कासन गर्ने भएको छ । सेयर निष्काशन गर्नेका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रेवन्तप्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्  । 

२०७४ सालमा चारतारे होटलको रुपमा सञ्चालनमा ल्याएको होटल २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गरेको हो । यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको हो ।

कम्पनीको अधिकृत पूँजी २०० करोड रहेको र जारी पूँजी १५० करोड रहेको छ । होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको