Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ८०–२० को इकाई बाँडफाँड, तपाईँलाई पर्यो की परेन ?

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १४ : ४२ मा प्रकाशित

हिमालयन ८०–२० को इकाई बाँडफाँड, तपाईँलाई पर्यो की परेन ?

हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेबाट भदाै १५ गतेसम्म निष्कासन गरेकाे हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने  पहिलो बन्दमुखी याेजना‘हिमालयन ८०–२० को इकाई बाँडफाँड गरिएको छ ।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गरेकाे थियाे । ष्कासन गरिएकाे कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेकाे थियाे ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई हिजाे भदौ २६ गते, मंगलबार इकाई बाँडफाँड गरिएको योजना व्यवस्थापक हिमालयन क्यापिटलले जानकारी दिएकाे छ ।

तपाईँलाई पर्यो की परेन ?

यदि तपाईँले हिमालयन ८०–२० को इकाईमा आवेदन दिनुभएकाे थियाे भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट www.iporesult.cdsc.com.np वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाईट www.himalayancapital.com बाट नतिजा हेर्न सकिन्छ । 

सूचना हेर्नुहाेस् :  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको