Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वटा ऋणपत्र सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १४ : २० मा प्रकाशित

नेप्सेमा २ वटा ऋणपत्र सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार "४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र - २०९२/९३" काे १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

 बैंकले १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई  १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ निष्काशन बिक्री गरेको  थियो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरेको थियो  ।

611e1c46442c5.JPG

त्यसैगरी, "८.५० प्रतिशत एनएमबि ऋणपत्र - २०८७/८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

एनएमबि बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गरेको थियो ।

 २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये  बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने  ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको