Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीलेअस्ट्रेलियामा खोलेको कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १४ : ०९ मा प्रकाशित

नेपालीलेअस्ट्रेलियामा खोलेको कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज 'ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन' ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सन्चालनको अनुमानि पाएको छ । नयाँ कलेजको नाम 'आइ आइ इ तास्मानिया क्याम्पस' रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए।

तास्मानियाको नियम अनुसार प्राबिधिक बिषय एक बर्ष पढेपछि विद्यार्थीलाई भिजाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राबिधिक कलेजमा विद्यार्थीको आकर्षण रहने लोहनीले बताए । उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइ टि, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने आइ आइ इ तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए ।

साबिकको कलेजमा ४ सय बीस र नयाँमा ३ सय ५० गरि अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सन्चालनमा आउनेछ । कलेजमा प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने लोहनीको दावी छ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको लोहनीले बताए। हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ।

प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ। गत वर्ष न्यू साउथ वेल्समा सुरु भएको आइ आइ इका विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुबिधा समेत रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको