यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको सेयर सूचिकृत भएको छ । यस साता ६ कम्पनीको एक करोड ३ लाख २८ हजार ८ सय ३३ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएको हो । जसमा २ कम्पनीको बोनस सेयर, ३ कम्पनीको ऋणपत्र र एक कम्पनीको प्राप्तिपश्चातको सेयर रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।
स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
याेसँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाे हाे ।
त्यसैगरी, स्टकका अनुसार "४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र - २०९२/९३" काे १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ निष्काशन बिक्री गरेको थियो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरेको थियो ।
त्यसैगरी, "८.५० प्रतिशत एनएमबि ऋणपत्र - २०८७/८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
एनएमबि बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गरेको थियो । २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरेको थियो ।
यसै साता नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे ३६.५ प्रतिशत बाेनस बापतकाे १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
त्यसैगरी, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको हाे ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७" नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस