Like us!
Follow us!
Connect us!
Watch us!

थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाले ज्यान गुमाए

अर्थ संसार

शनिबार, ०५ भदौ २०७८, १७ : ०० मा प्रकाशित

थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७५ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ७५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ७ हजार ७ सय ३ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ जनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ३० जना संक्रमितको मृत्यू भएको छ । योसँगै हालसम्म कुल १० हजार ४ सय ८५ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको