Like us!
Follow us!
Connect us!
Watch us!

जापानबाट थप ५ लाख खोप नेपाल आइपुग्यो

अर्थ संसार

सोमबार, ०७ भदौ २०७८, १४ : ३८ मा प्रकाशित

जापानबाट थप ५ लाख खोप नेपाल आइपुग्यो

जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार मात्रा खोप सोमवार नेपाल आइपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ ।

यसअघि साउन २३ र २४ गते ९ लाख मात्रा र यही भदौ ५ गते २ लाख ८ हजार ७०० मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश नं १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए ।

गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरीद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलले चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोपसमेत चाँडै नै आउने बताए । उनले नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने जानकारी दिएका छन्।

नेपालमा अहिलेसम्म करीब १ करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेको छन् । 

facebook sharing button 

twitter sharing button 

sharethis sharing button 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको