Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : 'एनएमबि सरल बचत फन्ड - ई' भदौ १७ गतेदेखि बजारमा आउँदै

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ०८ : ५४ मा प्रकाशित

लगानीकाे अवसर : 'एनएमबि सरल बचत फन्ड - ई' भदौ १७ गतेदेखि बजारमा आउँदै

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'एनएमबि सरल बचत फन्ड–ई' भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

कति दिने आवेदन ?

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

भदाै १७ गते, बिहीबारबाट निष्कासन गरिने याे फण्डमा लगानीकर्ताले भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

फण्डकाे बारेमा अन्य विवरण तलकाे सूचनाबाट हेर्न सक्नुहुनेछ :

612467f790f75.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको