Like us!
Follow us!
Connect us!
Watch us!

के फेरि कडा निषेधाज्ञा हुन सक्छ ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १६ : ५८ मा प्रकाशित

के फेरि कडा निषेधाज्ञा हुन सक्छ ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

फेरि कडा निषेधाज्ञा हाेला कि नहाेला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । यसै विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरेको छ ।

पछिल्लाे समय काेराेना संक्रमण केही घटे पनि संक्रमण दर भने स्थीर रहेकाे मन्त्रालयले बताएकाे छ । निषेधाज्ञा खुकुलाे पारिएसँगै स्वास्थ्य मापदण्डकाे बेवास्ता गर्ने र चाडपर्वकाे बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेकाे पनि सूचनामा उल्लेख छ ।

यसाे गर्दा अन्तत: काेराेना संक्रमण बढाउने र त्यसकाे नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था पुर्याउने भएकाले त्यस्ताे अवस्था आउन नदिन मन्त्रालयले सबैलाई स्वास्थ्य मापदण्डको राम्ररी पालना गर्न आग्रह गरेको छ । 

May be a cartoon of text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको