Like us!
Follow us!
Connect us!
Watch us!

६ अर्बले घट्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १६ : ५४ मा प्रकाशित

६ अर्बले घट्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

भदाै महिनाकाे पहिलाे साता वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।

भदाै ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ६ अर्बले घटेकाे हाे । साउन महिनाको अन्तिम दिनसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेकाे छ । साउन महिनाको अन्तिम दिनसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको