Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको पर्पल प्याक अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १३ : ४२ मा प्रकाशित

भायानेटको पर्पल प्याक अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा

भायानेटले आफ्ना ग्राहकहरुलाई सबैलाई सधैं कनेक्टेड राख्नको लागि एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक ल्याएकाे छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन् । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् । त्यसैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले मासिक एक हजार ६ सय रूपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ । 

सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक अल–इन–वान रहेकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको