Like us!
Follow us!
Connect us!
Watch us!

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १४ : २२ मा प्रकाशित

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

 नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने भएकाे छ । 

आज (भाद्र १० गते, बिहीबार) नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी उक्त महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा No Horn  कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको छ ।

नाडाले विगत देढ दशक अघिदेखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको छ ।

सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।                  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको