Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १३ करोड १० लाख कित्ता सेयर थपियो

अर्थ संसार

शनिबार, १२ भदौ २०७८, ०८ : २८ मा प्रकाशित

नेप्सेमा १३ करोड १० लाख कित्ता सेयर थपियो

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको  सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता विभिन्न ३ कम्पनीको १३ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको हो । यस साता नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर  र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड-१ को इकाई सूचिकृत भएको हो । 

सूर्योदय लघुवित्त

नेप्सेमा सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १५.३५ प्रतिशत बोनस वापतको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापतको उक्त सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

आरविवि म्युचुअल फण्ड

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ कराेड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकाे छ ।

उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

रष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी असार २३ गतेदेखि असार २७ गतेसम्म ‘आरविवि म्युचुअल फण्ड १’ निष्कासन गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको