Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार देशभर १८५७ जना संक्रमित थपिए, २२२२ जनाले जिते कोरोना

अर्थ संसार

शनिबार, १२ भदौ २०७८, १६ : ४७ मा प्रकाशित

शनिबार देशभर १८५७ जना संक्रमित थपिए, २२२२ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार २ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार १ सय ७६ जनाको कोरोना परीक्षण भएकोमा  १ हजार ८ सय ५७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ९ हजार ४ सय ९ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको