Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १० : ४९ मा प्रकाशित

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि (भदौ १४ गते) सार्वजनिक विदा परेकाले आजसम्म सम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभा भदौ २६ गते कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको