Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्वीटी फन्डको वित्तीय अवस्था कस्तो छ ?

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १३ : ४५ मा प्रकाशित

सानिमा इक्वीटी फन्डको वित्तीय अवस्था कस्तो छ ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फन्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २२ रुपैयाँ ७३ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ ७७ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य २० रुपैयाँ ९६ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब ९ करोड ८० लाख रूपैयाँ पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा बढेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ९१ करोड ८२ लाख २ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सानिमा इक्वीटी फन्डले विभिन्न प्रकारका ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ४८ करोड ५५ लाख रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ४४ कराेड ५५ लाख रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612b3f16c6932.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको