Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्वीटी फन्डको वित्तीय अवस्था कस्तो छ ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १३ : १६ मा प्रकाशित

सानिमा इक्वीटी फन्डको वित्तीय अवस्था कस्तो छ ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फन्डले २०७८ साल कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रुपैयाँ ६८ पैसा पुगेको छ । उक्त मूल्य असाेज मसान्तकाे तुलनामा ३७ पैसाले बढेकाे हाे । असाेज मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ३१ पैसा रहेकाे थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने ३ करोड ४५ लाख २० हजार रुपैयाँले घटेर १ अर्ब ६७ करोड ९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ७० करोड ५४ लाख ५४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सानिमा इक्वीटी फन्डले विभिन्न प्रकारका ७९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३५ करोड १८ लाख ७८ हजार रुपैयाँ पुगेकाे छ । असाेज मसान्तसम्म फण्डकाे बैंक माैज्दात ३३ कराेड २९ लाख ६८ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61a5d5a05bb7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको