Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १४ : ३२ मा प्रकाशित

सानिमा इक्विटी फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । 

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज ९ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज ६ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमा क्यापिटल लिमिटेडकाे भदाै २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

6326dbc75d437.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको