नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डकाे मूल्य समायाेजन भएकाे छ ।
फण्डकाे २२ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई १० रूपैयाँ १९ पैसा हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य १२ रूपैयाँ ३९ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
सानिमा क्यापिटल लिमिटेडकाे भदाै २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस