Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन, फाइनान्समा लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, १३ भदौ २०७८, १४ : ५७ मा प्रकाशित

सेयर बजारमा करेक्सन, फाइनान्समा लगानीकर्ताकाे आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा करेक्सन देखिएकाे छ । घटेकाे बजारमा फाइनान्स समूहकाे सेयर भने बढेकाे छ ।

घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ । नियमित करेक्सनपछि बजारले फेरि नयाँ उचाई लिने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेकाे छ । नेप्से १.५८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे २ कराेड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

612b56ba1b0e3.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये फाइनान्स बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । 

612b56c24cdd5.jpg

आइतबार खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३२ रूपैयाँ ३० पैसा पुगेकाे छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ३७ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

612b56cc1ce5b.jpg

आइतबार रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ४ सय ९५ रूपैयाँ ८० पैसामा झरेकाे छ । 

612b56d67d680.jpg

यस दिन अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १ अर्ब ३१ कराेड ८३ लाख ४४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

612b56c6f3e64.jpg

याे पनि :

बजारमा त्रास आएकै हो ? अब कसरी लगानी गर्ने ? Forecast for Bhadra 13-17 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको