Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुवै खाेप लगाएकामा ९० प्रतिशत

पत्रपत्रिका

सोमबार, १४ भदौ २०७८, ०८ : १५ मा प्रकाशित

नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुवै खाेप लगाएकामा ९० प्रतिशत

नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबडी विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षण उक्त नतिजा देखिएको हो ।

पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी तयार भएको देखिएको मन्त्रालयले जनाएको छ । जसले गर्दा नेपालमा लगाउँदै आईएका खोपहरु प्रभावकारी समेत देखिएको मन्त्रालयको भनाई छ । हिमाल पहाड तराइ र सातै प्रदेशका सबै लिङ्ग र उमेर समूहमा समान रूपमा एन्टिबडी पैदा भएकाे पाइएकाे मन्त्रालयले जनाएकाे छ । 

जति बढी मानिसमा एन्टिबढी तयार हुन्छ खोपहरु त्यति बढी प्रभावकारी हुने मन्त्रालयको भनाई छ । धेरै मानिसहरुमा एन्टिबडी विकसित भएको देखिएपनि भाईरसले रुप बदलीरहने डर भएकाले मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुनै कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।

(याे समाचार आजकाे गाेरखापत्रमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको