Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, ११ : ४६ मा प्रकाशित

परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो । 

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य रहेका छन् । 

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्येस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ । 

समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लैगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन् । लगानीका लागि अफ्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिएका छन् । 

समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको