Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५१ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १३ : ४६ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५१ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २० रुपैयाँ ४८ पैसा पुगेकाे छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ २७ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १९ रुपैयाँ २१ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८५ करोड २२ लाख ४८ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७९ करोड ४८ लाख ७४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डले विभिन्न प्रकारका ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात पनि ५६ करोड २० लाख ९१ हजार रूपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ५३ करोड ३० लाख १४ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c934ca2660.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको