Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ०६ : ४१ मा प्रकाशित

अरुण काबेलीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ७ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभा भदौ २६ गते कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

612d7f0b07b53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको