Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार १६६४ संक्रमित थपिए, २० जनाको मृत्यु

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १७ : १२ मा प्रकाशित

मंगलबार १६६४ संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टाको अवधिमा परीक्षण पनि घटेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर जम्मा १२ हजार २२२ जनाको नमुना परीक्षण गर्दा  १ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १६ हजार २ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २ हजार २ सय ९५ जनामा कारोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको