Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोकाे नाफा ६०.८४ प्रतिशतले घट्दा अन्य सूचक के भए ?

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १० : ३५ मा प्रकाशित

बरुण हाइड्रोकाे नाफा ६०.८४ प्रतिशतले घट्दा अन्य सूचक के भए ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ६०.८४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेकाे छ  । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । उक्त आम्दानी २९.६९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट  ८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, हाल कम्पनीकाे चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५० लाख २४ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

612f0c62aeb8b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको