Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, कारोबार रोक्का

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, ११ : ०१ मा प्रकाशित

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, कारोबार रोक्का

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । यी दुई संस्थाबीच हिजाे (भदाै १५ गते, मंगलबार) गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।  

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम दुवै संस्थाकाे सेयर काराेबार आज (भदाै १६ गते, बुधबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

हाल वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रूपैयाँ र सुर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ।

612f40f7e9a86.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको