Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०६ : ४९ मा प्रकाशित

अपि पावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अपी पावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (भदाै १८ गते, शुक्रबार) देखि बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले  आज (भदाै १७ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

उक्त लाभांश भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुन लागेकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको