Like us!
Follow us!
Connect us!
Watch us!

आजको पूँजी बजारमा ब्रोकर पुरेत जस्तैः साना लगानीकर्ता मरेपनि फाईदा बढेपनि फाइदा !

नवराज दाहाल

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १७ : ५० मा प्रकाशित

आजको पूँजी बजारमा ब्रोकर पुरेत जस्तैः साना लगानीकर्ता मरेपनि फाईदा बढेपनि फाइदा !

एउटा चिया खाएर मान्छेहरु गफ गरिरहेको ठाउँमा एक जाना पुरेत आएर भनेछन् ‘मेरो घरमा १९ ओटा गाई छन्, एक ओटा मरे देखि २० ओटा हुन्थ्यो ।’ त्यस पछि त्यो चिया पसलमा बसेका मन्छेहरुलाई अचम्म लागेछ । ति मान्छेहरु सोच्न थालेछन्: के भन्छन् यो बाउनले, किन यस्तो कुरा गर्छन् । १९ ओटा गाईहरु मध्य १ ओटा गाई मर्यो भने १८ ओटा हुनुपर्ने हो ।

पछि उनिहरुले बाउनलाई साधेछन् हैन पुरेत जी के भन्नुभाको तपाईले यस्तो, ९ ओटा गाईहरुमध्य १ ओटा गाई मर्यो भने त १८ ओटा हुनुनर्पे हो तपाईको २० ओटा कसरी हुन्छ ? त्यस पछि बाउनले भनेछन् ‘ए मुर्ख हो म त बाउन हो मलाई त मान्छे जन्मदा पनि फाइदा मर्दा पनि फाईदा, जन्मदा नी आउँछ मर्दा पनि आउँछ । १ जना मान्छे मर्दा १ ओटा गाई दान गर्छ मेरा गाई त १९ ओटा बाट २० ओटा हुन्छन् । तिमीहरुले यो कुरा बुभ्नु पर्यो नि त ।’ 

बाउनको उक्त कुरा पश्चात ति मान्छेहरुले अचम्ममा परेछन् । त्यस्तै गरि आजको पूँजी बजारमा पनि ति बाउनको जस्तै भएको छ । आजको पूजी बजारमा ब्रोकर, सेबोन, नेप्से,  ठुलालगानीकर्ता तथा चलखेल गर्नेहरु ति पुरेत जस्तै हुन् । तिनिहरुलाई साना लगानीकर्ताहरु मरे पनि फाईदा, साना लगानीकर्ताहरु बढेपनि फाइदा भएको छ । जताबाट पनि उनिहरुलाई फाईदा नै फाईदा । उनिहरुलाई कहिल्यै पनि घाटा हुँदैन जस्को ठुला ठाउँमा पहुँच हुँदैन, उ कुनै संघ संगठन खोलेर नेता बन्न सकेको छैन, उसको कसैसँग पहुँच छैन, तिनलाई घाटा हुन्छ । होईनभने नेप्से, सेबोन तथा ठुलालगानीकर्तालाई हेर्ने हो भनेलगानीकर्ताले घाटामा बेचे पनि कमिसन आउने र नाफामा बेचेपनि कमिसन आउने । कमिसन त तिर्नै पर्छ । जसको मत्लब मरे पनि फाईदा बाँचे पनि फाईदा । यिनिहरु ती पुरेत तरिकाका हुन् । 

जबसम्म यिनिहरुलाई नियत्रणमा लिने नीति आउँदैन त्यो बेला सम्म पूजी बजारलाई यिनिहरुले विकास हुन दिनेवाला छैनन् । त्यसैले जति सक्नुहुन्छ आफै अध्ययन गर्नुहोस् । तपाईले सिकेको मात्र तपाईको हो । त्यो भन्दा अरु तपाईको होईन ।

नवराज दाहालको युट्युव च्यानलमा प्रशारण गरिएको भिडियो सामाग्रिका आधारमा तयार पारिएको । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको