Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २० भदौ २०७८, ०६ : ४४ मा प्रकाशित

मञ्जुश्री फाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भदाै १५ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २० गते, आइतबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

612c3fbd22ae5.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको