Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंक मैमत्ता हात्ती नबनोस् : राधा पोखरेल

अर्थ संसार

आइतबार, २० भदौ २०७८, ०७ : १७ मा प्रकाशित

नेपाल राष्ट्र बैंक मैमत्ता हात्ती नबनोस् : राधा पोखरेल

राधा पोखरेल ,अध्यक्ष

नेपाल पूँजीबजार लगानीकर्ता संघ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक निती मार्फत सेयर बजारलाई प्रभावित पार्ने गरी सबै बैंक तथा वित्तिय सस्थालाई एकिकृत निर्देशिका जरी गर्दै ४/१२ करोडको क्याप लगाई दिएको कुरा आम लगानीकर्ता मित्रहरुमा जग जाहेरै भएको विषय हो ।

केही दिन पहिला कान्तिपुर टेलिभिजनले सोल्टी होटलमा आयोजना गरेको “आर्थिक समिट २०२१” मा नेपाल पूँजी बजार लगानीकर्ता संघको तर्फबाट मैले पनि उक्त समिटमा भाग लिने मौका पाएको थिँए । त्यस बखत बोल्ने क्रममा मैले नेराबैंका हालका गभर्नर श्री महाप्रसाद अधिकारी ज्यूलाई पटक पटक पूँजीबजारको हितमा कदम चल्नलाई सुझाएको कुरा उक्त कार्यक्रमको रेकर्ड मै छ ।

बिडम्बना बैंक तथा बित्तिय सस्थाले आफ्नो कोर क्यापिटलको निश्चित प्रतिशत रकम सेयर बजारमा लगाउन पाउने त्यही नेराबैंले बनाएको निती अहिले आएर आफैले धज्जी उडाउने काम गरेको छ । यो कदम हाम्रो लागी “गर की मर” भने जस्तै भएको हुँदा हरसम्भब हाम्रो सम्पतीको सुरक्षार्थ आम लगानीकर्ता लाग्नु नै हुने छ भन्ने मैले आम विश्वास समेत लिएकी छु ।

पछिल्लो समय नेपालको पूँजी बजार बामेसर्ने यूगबाट टुकुटुक हिडने सम्मको यूगमा प्रबेश गर्दै गरेको कुरा आम लगानीकर्ता माझ घाम जत्तिकै छर्लड. छ । यसको वाबजुद नियामक निकायबाट बेला बेलामा “बेमौसमि बाजा” बजाई दिएको देख्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भिर समस्या देखा पर्ने गरेको छ । उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने त्यस पछी आफु भन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परि पाटी हालै नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो निर्णयबाट “डोकाले छोपेको बिरालो” जस्तो छर्लैङ्गै भएको छ ।

मैले केही दिन पहिला नबगठित संयूक्त सरकारका माननिय अर्थमन्त्री श्री जनार्दन शर्मा ज्यूलाई कार्यभार समाले कै दिन अर्थ मन्त्रालय गएर बजारका बिषयमा र नेपाल राष्ट्र बैंकले मौद्रिक निती मार्फत चाल्न सक्ने लगानीकर्ता मारा नितीको बिषयमा पूर्बानुमान गरी माननिय मन्त्री ज्यू समक्ष अनुरोध गरे कै थिँए ।

नभन्दै मैले अनुमान गरी माननिय अर्थ मन्त्री ज्यूलाई भने जस्तै गरी नेपाल राष्ट्र बैंकले मौद्रिक निती मार्फत त्यसै गर्यो । नेराबैंको यो कदम हामी आम लगानीकर्तालाई किमार्थ स्वीकार्य छैन । यही यो कदम नसच्याई लगानीकर्तालाई लतारेर अगाडी बढछु भन्ने लाग्छ भने हामी आम लगानीकर्ता आन्दोलनको ज्वारभाटा सिर्जनना गर्न पछी पर्ने छैनौ । त्यस पछीको परिणाम नेप्से र धितोपत्र बोर्डले भोगेको पछिल्लो घट्ना भन्दा पृथक हुने छैन ।

सम्वेदनशिल विषयमा आम लगानीकर्ताको मनोभावनालाई सम्बोधन गर्दै समय छदै नेराबैंले आफ्नो पछिल्लो ( ४/१२ करोड को क्याप ) सच्याउँनलाई सरोकारवाला व्यक्ति सँगैसँगै अर्थमन्त्री ज्यू लगाएत माधव नेपाल ज्यूलाई समेत लाई बारम्बार अवगत गराउँदै आएकी छु । यदि यस कुरालाई बेवास्ता गर्दै यो निती परिवर्तन भएन भने नेपाल राष्ट्र बैंकलाई हेक्का रहेस् फलामको च्यूरा चपाउनु बराबर हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको