Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरको राजिनामासहित राष्ट्र बैंकसँग लगानीकर्ताहरूको १६ बुँदे माग

अर्थ संसार

आइतबार, २० भदौ २०७८, ०८ : ५९ मा प्रकाशित

गभर्नरको राजिनामासहित राष्ट्र बैंकसँग लगानीकर्ताहरूको १६ बुँदे माग

सेयर धितो कर्जाको सीमाकाे विराेध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीकाे राजिनामाकाे मुख्य मागसहित १६ बुँदे माग गरेका हुन् ।

नेपाल राष्ट बैंककाे अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियाेजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेकाे भन्दै गभर्नर महाप्रसाद अधिकारीकाे यथाशिघ्र राजिनामाकाे माग गरिएकाे छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसकाे असर देखिएको छ ।

साेही कारण राष्ट्र बैंकको यो नीतिकाे लगानीकर्ताहरूले विभिन्न माध्यमबाट विराेध गरिरहेका छन् । यसै क्रममा नेपालको सेयर बजारका ठुला लगानीकर्ताको परिचय बनाएका लगानीकर्ता दिपेन्द्र अग्रवालको नेतृत्वमा लगानीकर्ताहरूले राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घाेषणा गरेका छन् ।

सेयर कर्जा सिमाको बिरोधमा राष्ट्र बैंक घेराउ गर्ने योजनामा लगानीकर्ता

उनीहरूले नै  नेपाल राष्ट्र बैंकसँग १६ बुँदे माग पेश गर्ने भएका हुन् । राष्ट्र बैंकसहित नेपाल धिताेपत्र बाेर्ड र नेपाल स्टक एक्सचेञ्जलाई सम्बाेधन गरी विज्ञप्ति प्रकाशन गरिएकाे छ । 

यसअघि पनि नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंककाे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीकाे माग गरेका थिए ।

सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थमन्त्रालय पुगे लगानीकर्ता

लगानीकर्ताहरूकाे १६ बुँदे माग यस  प्रकारकाे छ :

No description available.

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको