Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जा सिमाको बिरोधमा राष्ट्र बैंक घेराउ गर्ने योजनामा लगानीकर्ता

अर्थ संसार

शनिबार, १९ भदौ २०७८, १० : ५१ मा प्रकाशित

सेयर कर्जा सिमाको बिरोधमा राष्ट्र बैंक घेराउ गर्ने योजनामा लगानीकर्ता

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा असर देखिएको छ ।

राष्ट्र बैंकको यो निति पछि विभिन्न लगानीकताएहरुले यो नितीको बिरोध र समर्थनमा विभिन्न सामाजिक सञ्जालमा विचारहरु व्यक्त गरिरहेको देख्न सकिन्छ । अघिल्लो सातादेखि नेपालको सेयर बजारले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ । 

कतिपय लगानीकर्ताहरुले त राष्ट्र बैंकको यो नितिले सेयर बजार नै तहसनहस हुने भन्र्द चर्को बिरोध गरीरहेकाछन् भनि कतिपय लगानीकर्ता सम्बद्ध संघसंगठनहरुले अर्थमन्त्रीलाई कर्जा सिमाको व्यबस्था खारेजीको माग सहित दवाब दिइरहेका छन् । 

यसैबिच नेपालको सेयर बजारका ठुला लगानीकर्ताको परिचय बनायका लगानीकर्ता दिपेन्द्र अग्रवालको नेतृत्वमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्ने भएकाछन् । लगानीकर्ता अग्रवालले सञ्चालन गर्ने क्लब हाउस ग्रुप प्रिमियम इलाइट ग्रुप मार्फत उनिहरुले आन्दोलन र राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घोषणा गरेका हुन् । 

उनिहरुले आगामी सोमबार अर्थात भदौ २१ गते राष्ट्र बैंकलाई दवाव दिने उद्देश्यले बैंक अगाडी घर्ना बस्ने कार्यक्रम तय गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको