Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आयो बुल साइकलकै ठूलो सूनामी, राष्ट्र बैंकको सर्वत्र विरोध

नेप्से

आइतबार, २० भदौ २०७८, १५ : ०२ मा प्रकाशित

नेप्सेमा आयो बुल साइकलकै ठूलो सूनामी, राष्ट्र बैंकको सर्वत्र विरोध

सेयर बजारमा बुल साइकलकै सबैभन्दा ठूलाे गिरावट देखिएकाे छ । साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि नकारात्मक सर्किट ब्रेक पनि लागेकाे थियाे ।

नेपाल राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरणले गर्दा सेयर बजार घटेकाे भनी हाल विभिन्न माध्यमबाट राष्ट्र बैंककाे विराेध भइरहेकाे छ । सेयर धितो कर्जाको सीमाकाे विराेध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग समेत गरेका छन् । भाेलि (साेमबार) लगानीकर्ताहरूले राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घाेषणा पनि गरेका छन् । नेपाल राष्ट बैंककाे अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियाेजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेकाे भन्दै गभर्नर महाप्रसाद अधिकारीकाे यथाशिघ्र राजिनामाकाे माग गरिएकाे छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसकाे असर देखिएको छ । साेही कारण राष्ट्र बैंकको यो नीतिकाे लगानीकर्ताहरूले विभिन्न माध्यमबाट विराेध गरिरहेका हुन् ।

यसअघि पनि नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंककाे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीकाे माग गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेकाे छ । नेप्से ३.७० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा झरेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे २ कराेड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61349378d27e1.jpg

6134937788811.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।

613493784619f.jpg

नाफा कमाउनेमा म्युचुअल फण्ड र डिबेञ्चरसहित जम्मा १४ वटा कम्पनीहरू छन् । जसमध्ये, सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

61349378497cf.jpg

आइतबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ ।

613493795fbae.jpg

यता जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

61349378ecc76.jpg

याे पनि :

आइतबार बजारमा ट्रेड गर्नु पूर्व बुझ्नु होस् यी कुरा, कुन सेक्टरमा के भइरहेको छ | Bhadra 20-23 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको