Like us!
Follow us!
Connect us!
Watch us!

आमरण अनसन सहितका संघर्षका कार्यक्रम सार्वजनिक, आज बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १० : १९ मा प्रकाशित

आमरण अनसन सहितका संघर्षका कार्यक्रम सार्वजनिक,  आज बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ

सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । पुँजीबजार सुधार संघर्ष समितीका संयोजक रामकृष्ण ढकालले एक बिज्ञप्ती जरी गर्दै विभिन्न १८ बुँदे मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।

संघर्षका कायक्रम अन्तरगत आज सोमबार बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ गर्ने, मागहरु सम्बोधन नभए भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिकरुपमा दिउसो ३ बजे देखि ५ बजेसम्म रिले अनसन गर्ने र यति गर्दासमेत आफ्ना मागहरु सम्बोधन नभए आमरण अनसन सम्म गर्ने कार्यक्रम रहेको संघर्ष समितीका सहसंयोजक रोहन कार्कीले जानकारी दिएका छन् । 

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ ।

उनीहरूले नै  नेपाल राष्ट्र बैंकसँग १८ बुँदे माग पेश गर्ने भएका हुन् । राष्ट्र बैंकसहित नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई सम्बोधन गरी विज्ञप्ति प्रकाशन गरिएको छ । 

यसअघि पनि नेपाल इन्भेष्टर्स फोरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीको माग गरेका थिए ।

61359afe7561e.jpg 61359afe8c5be.jpg 61359afeef7b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको