Like us!
Follow us!
Connect us!
Watch us!

के अर्थमन्त्रीको सक्रियताले नै बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो त ?

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १२ : ५७ मा प्रकाशित

के अर्थमन्त्रीको सक्रियताले नै बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो त ?

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेपछि निरन्तर घटेको नेपालको पुँजी बजारमा आज सोमबार भने केहि सकारात्मक प्रभाव देखिएको छ ।

एकीकृत निर्देशिका जारी पछि निरन्तर घटेको बजारमा आईतबार त एकै दिन १०८ अंकको पहिरो नै गएको थियो । राष्ट्र बैंकले गरेको सेयर कर्जामा कडाईका कारण सेयर बजार नराम्रोसंग प्रभावित भएको भन्दै विभिन्न लगानीकर्ताहरुले अर्थमन्त्रीलाई उक्त निति सच्च्याउन दवाव दिईरहेका छन् भने कतिपय लगानीकर्ताहरु अहिले आन्दोलित नै भएकाछन् । 

पुँजीबजार सुधार संघर्ष समितीका संयोजक रामकृष्ण ढकालले एक बिज्ञप्ती जरी गर्दै विभिन्न १८ बुँदे मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनिहरुको मागमा गर्भनरको राजिनामा सहित विभिन्न पुँजीबजार विकासका मागहरु समाबेस छन् । संघर्ष समितीले माग पुरा नभए आमरण अनसन सम्मका कार्यक्रमहरु सार्वजनिक गरेकाछन् । 

विभिन्न लगानीकर्ताहरुको दवाब र सेयरबजारमा धेरै नै नकारात्मक प्रभाव पारेपछी अर्थमन्त्री जनार्दन शर्माले विभिन्न निकायहरुसंग छलफल अगाडी बढाएका छन् । आज सोमबार अर्थमन्त्री शर्माले गर्भनर महाप्रसाद अधिकारीलाई बोलाएर छलफल गरेको समाचार सार्वजनिक भएपछि बजारमा केहि सकारात्मक प्रभाव देखिएको छ । 

आजको प्रिसेसन कारोबारमा करिब २ अंकले घटेको नेप्से परिसूचक कारोबारको १५ मिनेटमै करिब ६२ अंकले बृद्धि भएको थियो । पुनः केहि समय ओरालो लागेको नेप्से परिसूचकमा यो समाचार तयार पार्दासम्म नेप्से परिसुचकमा ८३ अंक भन्दा बढिले बृद्धि भएको छ । 

केहि समय अघि पनि अर्थमन्त्री शर्माले सेयर कर्जाको सिमाले सेयर बजारमा नकारात्मक प्रभाव पारे त्यसलाई परिमार्जन गर्ने आश्वासन समेत दिएका थिए । अर्थमन्त्रीको सक्रियता बढेसंगै केहि सकारात्कम खबर संकेत आउने संकेत देखियपछि लगानीकर्ताहरुको आत्मविश्वास बढेको हुनसक्ने तर्क गर्छन् पुराना एबम् अनुभवी लगानीकर्ता डमरु बल्लभ घिमिरे । 

अर्का एक युवा लगानीकर्ता डम्बर रावत भने अर्थमन्त्रीको सक्रियताका कारणले मात्र बजार बढेको कुरामा आफँ सहमत हुन नसक्ने बताउछन् । बजार बढेपछि घट्नु र घटेपछि बढ्नु भनेको प्राकृतिक कुरा हो निरन्तर ३५० अंक भन्दा बढिले घटेको बजारमा यो बृद्धि स्वभाविक हो अब बजार बढ्छ र बढ्नुपनि पर्छ बुलिस ट्रेन्ड अझै नसकिएकाले बजारले ढिलो चाडो उकालो यात्रा तय गर्ने उनको दावी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको